२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

कांग्रेस सांसद शर्मा पक्रउ, पाँच नक्कली प्रमाणपत्रधारी चिकित्सक पनि पक्राउ



नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन् । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा. शर्माले एमबीबीएस पढ्दा पेश गरेको आईएस्सीको प्रमाणपत्र शंकास्पद रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो ।

सीआईबीले शर्मालाई बिहान ११ बजेतिर गोल्फुटारस्थित घरबाट नियन्त्रणमा लिएका थियो भने यसबारे सभामुखलाई अपराह्न जानकारी गराएको छ । फौजदारी अभियोगमा सांसदलाई पक्राउ गरिएमा संसदलाई जानकारी गराउनु परिने ब्यवस्था छ । उनको पक्राउको बिषयलाई लिएर बिभिन्न अड्कलबाजी भई रहेको छ ।

सय किलो सुन प्रकरणमा पछिल्लो समय शर्मा गृहमन्त्री र अर्थमन्त्रीप्रति आक्रमक रुपमा प्रस्तुत हुॅदै आएका छन् । उनको सचिवालयले दुबै मन्त्रीको राजीनामा मागेकै कारण प्रतिशोध साँध्न’ पक्राउ गरिएको जिकिर गरेको छ ।

पछिल्लो समय डा. श्रद्धा शिल्पकार पक्राउ परेसँगै नक्कली सर्टिफिकेट अभियोगमा पक्राउ पर्ने चिकित्सकको संख्या ५ पुगेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार डा. शिल्पकार इसान बाल अस्पतालमा कार्यरत थिइन् ।

यसअघि सीआईबीले डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाई पक्राउ गरिसकेको छ ।

नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मासमेत गर्दा नक्कली शैक्षिक प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : ५८ बजे