६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

डा. ओजस्वी बनिन् मिसेस नेपाल कल्चर २०२३



डा. ओजस्वी शेरचन दोस्रो मिसेस नेपाल कल्चर २०२३ बनेकी छान् । बुधबार राती भएको फिनालेमा उनले मिसेस नेपाल कल्चर २०२३ को ताज पहिरिएकी हुन् ।

उक्त प्रतिस्पर्धामा उपविजेताका रुपमा प्रथम रनरअप डा. अंकिता ठाकुर, द्वितीय रनरअप सुष्मा बस्न्यात, तृतीय रनर अप श्रेया ढुंगाना र चौथो रनरअप नीरा तामाङ भइन् ।

प्रतिस्पर्धामा बिजेता भोटिङ र निर्णायकहरुले दिने संयुक्त अंकको आधारमा गरिएको थियो ।

मुस्ताङमा जन्मेर सोलुखुम्बुका डा. कुञ्जाङ शेर्पासँग बैबाहिक सम्बन्धमा बाँधिएकी ओजस्वी आफै पनि चिकित्सक हुन् । उनले फिनालेमा आफ्नो परिचय दिने क्रममा पनि यही कुरालाई आकर्षक रपमा प्रस्तुत गरेकी थिइन् ।

मिसेस नेपाल कल्चरले आयोजना गरेको उक्त प्रतियोगितामा विजेता डा. ओजस्वीलाई नेपालका पहिलो मिस नेपाल रबी रानाले ताज पहिर्याइ दिएकी थिइन् ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ६ : ५५ बजे