अमेरिका बसेर नेपालमा पनि व्यवसाय गर्ने गैरआवसीय नेपाली ज्ञानेन्द्र खड्काले नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामाको समुहले अपहरण गरी बन्धक बनाएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन् ।
गुन्डागर्दीको पृष्ठभूमिबाट नेपाली कांग्रेसको राजनीतिमा लागेर हाल केन्द्रीय सदस्य रहेका लामा र सहदेव कक्षपतिले अपहरण गरेर २० करोड फिरौती मागेको आरोप उनको छ ।
खड्कालाई अपहरण गरेर उनीहरूले करोडौँ फिरौती मागेको भन्दै नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा उजरी परेको हो । घट्ना ललितपुरमा भएको भन्दै उक्त उजुरी अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको बताइएको छ ।
अमेरिकामा बसोबास भएपनि नेपालमा होटल, रियल स्टेट र अनलाइन व्यवसाय चलाइ रहेका खड्काले आफुलाई लामा र कक्षपतीले पुस २३ गते अपहरण गरेर ८ घण्टासम्म बन्धक बनाई २० करोड फिरौती मागेको र कागज गराएर छाडेको उजुरीमा उल्लेख गरेका छन् ।
उनले जाहेरी दिएको दश दिन बित्दा पनि ठोस प्रकृया सुरु नभएको भन्दै सबै विवरण उल्लेख गरी बुधबार विज्ञप्ति पनि निकालेका छन् । उनले विज्ञप्तीमा आफु र परिवारको सुरक्षाका कारण उजुरी दिन ढिला भएको उल्लेख गर्दै आफु र परिवारलाई सुरक्षित बनाएपछि बल्ला प्रकृयामा गएको उल्लेख गरेधका छन् । साथै प्रहरीमा उजुरी दिएपछि लिइसकेको २५ लाख रुपैयाँ फिर्ता गर्ने तथा सबै कागजातहरु च्यातिदिने भन्दै विभिन्न व्यक्तीले कुरा ल्याए पनि आफु त्यसमा सहमत नभएको र कानुनी प्रकृयाबाट न्याय पाउनु पर्ने उल्लेख गरेका छन् ।
खड्काको विज्ञप्ती: