१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

जलवायु परिवर्तन र पर्यटन प्रर्वद्धनको नारा लिएर डिजे तेन्जिङ सगरमाथा जादै


Ang

१८ चैत्र २०८०, आइतबार  

28
Shares

नेपालको चर्चित डिजे तेन्जिङ शेर्पाले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असरलाई न्युनीकरण गरौ भन्ने उद्धेस्यका साथ सगरमाथा आरोहण अभियान लिएका छन । ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ उनले अबको एक महिनाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने लक्ष्य लिएका छन । नेपालको विभिन्न स्थानहरुमा लामो समयदेखिन डिजे गदै आएका डिजे तेन्जिङले पर्यटन प्रर्वद्धनसंगै ग्लोबल वामिङको नारा लिएका हुन ।

‘ व्यक्तिगत उपलब्धिभन्दा पनि पर्यटन प्रर्वद्धनसंगै र जलवायु परिवर्तनको असरबारे चेतना जगाउनका लागी म यो अभियानमा लागेको हु’ तेन्जिङले भने—’ धेरै कार्यक्रमहरुमा सहाभागी हुने क्रममा पाएको अनुभवसंगै पछिल्लो समयमा ग्लोबल वार्मिङले परेको असरलाई कसरी न्युन गर्न सकिन्छ भन्ने सन्देश दिन पनि यो अभियान थालेको हो’ । सोलुखुम्बु टाप्टिङ निवासी तेन्जिङको अभियानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले प्रशंसाका साथ नेपालको झण्डा दिएर अभियान सफलताको शुभकामना दिएका छन ।

‘ जलवायु परिवर्तन र पर्यटन प्रर्वद्धनको नारा बोकेर अघि बडेको तेन्जिङको यो अभियानप्रति सरकारले खुसीका साथ सकेको सहयोग गर्नेछ ‘ मन्त्रि तामाङले बताए । तेन्जिङले विगत १२ बर्षदेखिन अन्तराष्ट्रिय सगरमाथा दिवस मे २९ मा पहिलो सगरमाथा आरोहणको सम्झनामा आयोजना हुदै आएको सांगितिक कार्यक्रममा डिजे मार्फत गदै आएका थिए । तेन्जिङले शिखरमा नेपालको राष्ट्रिय झण्डासंगै शेर्पा संघ अमेरिकाको झण्डा पुर्‍याउने योजना बनाएको छ । एक हप्ता अघि संघद्धारा आयोजित कार्यक्रममा तेन्जिङलाई अध्यक्ष एपि शेर्पाले झण्डा हस्तन्तरण गदै अभियानमा लाग्ने आवश्याक आर्थिक सहयोग गर्ने बताए अनुसार अहिले आर्थिक संकलन भइरहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ११ : ५० बजे