६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने एडिबी प्रक्षेपण



एशियाली विकास बैंकले नेपालमा यो वर्ष आर्थिक वृद्धिदर ३.६ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ । उत्पादनशील उद्योगको उत्पादन बढिरहेको, राष्ट्र बैंकले घरकर्जा र सेयर कर्जामा गरेको सहजीकरणका साथै कृषि र पर्यटन क्षेत्रको सुधारले आर्थिक वृद्धिदरमा सहयोग पुग्ने एडिबीले जनाएको छ ।

सरकारले यस वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो । आयातमा भएको संकुचन, सरकारी खर्च बढ्न नसक्नु लगायतका कारण अपेक्षित वृद्धिदर हुन नसक्ने एडिबी प्रक्षेपण छ । यसअघि विश्व बैंकले ३.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा ४ प्रतिशतले अर्थतन्त्र बढने प्रक्षेपण गरेको थियो । भारतमा मुद्रास्फिति घटिरहेकोले नेपालको मूल्यवृद्धि ६ प्रतिशतको हाराहारीमा रहने एडीबीले प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ३ : ०४ बजे