६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

त्रिभुवन विमानस्थलमा एक किलो ७० ग्राम सुन फेला



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करले छाडेर भागेपछिको एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ ।
बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट ६इ११५१ को इन्डिगो एयरको सिट नं २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए।

उनका अनुसार बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरु दुई, सिक्री जोड्ने स–साना रिङ दुई फेला परेको छ, सोको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको छ।’

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १२ : ५२ बजे