६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

इलामको उपनिर्वाचनमा बुधबार रातिदेखि मौन अबधी सुरु



आउँदो १५ वैशाखमा हुने इलाम – २ को उपनिर्वाचनको लागि बुधबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ ।

आउने शनिबार इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको लागि र बझाङ क्षेत्र नं. १ ‘क’ मा प्रदेश सभाको लागि उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : ३६ बजे