२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने गरी संविधान संशोधन नहुने प्रधानमन्त्रीको स्पष्टोक्ति



प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै मास्नेगरी संविधान संशोधन नहुने स्पष्ट पारेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै ‘संविधान संशोधन गर्छौं भन्नुको अर्थ हामीलाई जे लागेको छ, त्यो गर्नु होइन । देशकाविरुद्ध, सुशासनका विरुद्ध, समावेशिता मास्ने गरि, संघीय लोकतान्त्रिक गणतन्त्र मास्नेगरी’ संविधान संशोधन गर्छौं भनेको होइन भने ।

संविधान संशोधन गर्दा सवै पक्षसँग छलफल गरिने र सर्वस्वीकार्य बनाउने प्रयास हुने समेत प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘संविधानको सर्वस्वीकार्यताका पक्षलाई ध्यानमा राखेर सर्वस्वीकार्य बनाउने कुरालाई ध्यानमा राखेर संविधान संशोधन गर्न सकिन्छ भनेको हो।’

उनले संविधान असंशोधनीय दस्तावेज नभएको उल्लेख गर्दै संशोधन अझ संविधानलाई व्यवहारिक बनाउन, समृद्ध बनाउन केही धारा, उपधारा फेरबदल गर्न लागिएको बताए ।

“संविधान संशोधन गर्छौं भन्नुको अर्थ हामीलाई जे लागेको छ, त्यो गर्नु होइन । देशका विरुद्ध, सुशासनका विरुद्ध, समावेशिता मास्ने गरि, संघीय लोकतान्त्रिक गणतन्त्र मास्नेगरी संविधान संशोधन हुँदैन” उनले भने ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ४ : ३८ बजे