शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा युवा पुस्ताको रुचि अनुरुपको डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ । विश्व शेर्पा दिवस विश्व शेर्पा संघ जम्बुलिङ शेर्वा छोक्पाले हरेक बर्षको अक्टोबर ८ का दिन मनाउदै आएको छ । यसै दिवसको अवसर पारेर शेर्पा संघ अमेरिकाले दिउसो विश्व शेर्पा दिवसको औपाचारिक कार्यक्रमपछि बेलुकी डिजे पाटी गर्न लागेको संघले पत्रकार सम्मेलन मार्फत जानकार दिइएको हो । हामी शेर्पा समुदायको यो महत्वपुर्ण दिवसको दिन औपाचारिक कार्यक्रमसंगै वेलुकी युवाहरुलाई समेटेर डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्न लागेको हो संघको अध्यक्ष् पासाङ दोर्जी एपि शेर्पाले बताए । उनका अनुसार विश्व शेर्पा दिवस कार्यक्रमको उदघाटन विश्व शेर्पा संघका संस्थापक तथा निर्वतमान अध्यक्ष आङ दोर्जी एडी शेर्पाले गर्ने भएको छ ।
पत्रकार सम्मेलनमा संघका सल्लाहकार तथा लुम्बिनी विकास कोषको पुर्व सदस्य सचिव आङ दावा शेर्पा, सल्लाहकार आङ फुरी शेर्पा, बिश्व शेर्पा संघका बरिष्ठ उपाध्यक्ष ङिमा शेर्पा र विश्व शेर्पा संघका महासचिव आङ जाङबु शेर्पाले अमेरिकामा विश्व शेर्पा दिवसको बेलुकी युवालाई समेटेर कार्यक्रम गर्न लागेकोमा खुसी व्यक्त गदै शुभकामना दिएका थिए ।
शेर्पा सस्कृति नया पिडिलाई हस्तान्तरण गर्ने उद्धेस्य अनुरुप हुन लागेको डिजे कार्यक्रममा विविध मौलिक शेर्पा सस्कृतिको साथै नादिङ गीतहरू , शेर्पालाई अवश्यक उपायोगी प्रबचन तथा धार्मिक कुराहरु प्रस्तुत हुने आयोजकले जनाएको छ । अक्टोबर ८ लाई शेर्पा दिवसको रुपमा मनाउन न्युयोर्क सिटिको राज्य स्तरमा मान्यता दिलाउन आवश्याक पहल भइरहेको शेर्पा संघ अमेरिका अध्यक्ष एपी शेर्पाले जानकारी दिएको छ ।
कार्यक्रममा नेपालका चर्चित प्रथम डीजे गायक तेन्जिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरि शिखरमा शेर्पा संघ अमेरिकाको झण्डा फहराएकोमा संघले खादासहित खादा मालाले सम्मान गरेका थिए । डिजे कर्यक्रममा ख्यातिप्राप्त नेपालका प्रथम डीजे तेन्जिङ शेर्पा संगै न्यु योर्कको परिचित डिजे यल एस जङबु शेर्पाले साथदिने भएका छन । बोस्टन, न्यु हेम्सर कनेटिकेट , न्युजसीर्, टेक्सास, नर्थक्यारोलिना, कोलाराडो र वसिङटनडिसीबाट अतिथिहरु आउन लागेको जनाएको छ । कार्यक्रम शेर्पा संघ अमेरिकाका महासचिव छिरिङ शेर्पाले सञ्चालन गरेका थिए ।









