नागरिक अभियन्ताहरूले एक समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयुक्त राष्ट्रसंघमा नेपाललाई शान्ति क्षेत्र घोषणाको प्रस्ताव गर्न आग्रह गरेका छन् । उनीहरूले बुद्धको जन्मभूमि नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नु विश्व शान्तिका लागि महत्त्वपूर्ण योगदान हुने बताएका छन् ।
हालै प्रधानमन्त्री निवासमा बुझाइएको ज्ञापनपत्रमा नागरिक अभियन्ताहरूले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न योग्य बनाएको उल्लेख गर्दै नेपालको तटस्थ नीतिले दुई छिमेकी राष्ट्र चीन र भारतसँगको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुग्ने दावी गरिएको छ ।
“नेपालको यस अवस्थिति र अवस्थालाई इतिहासदेखि वर्तमानसम्मका स्वदेशी तथा विदेशी सबै कूटनीतिक तथा परराष्ट्र मामिलाका विज्ञ, विद्वान र विदूषीहरूले लेख्दै र भन्दै आएका छन्” ज्ञानपत्रमा भनिएको छ ।
अभियन्ताहरूले विश्व राजनीतिमा तनाव बढिरहेको बेला नेपालले शान्तिको सन्देश दिनुपर्नेमा जोड दिंदै नेपालले संयुक्त राष्ट्रसंघको स्थापना भएको ७५ औं वर्षगाँठमा विश्वसामु बुद्धको सन्देश प्रस्तुत गर्नुपर्ने पनि सुझाव दिएका छन् ।
यस्तो छ ज्ञापन पत्र: