२२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026

सेनाले कब्जा गरेको सार्वजनिक सडक बनाउने सोलुदुधकुण्ड प्रतिबद्धता



सोलुदुधकुण्ड नगरपालिकाले नेपाली सेनाले कब्जा गरेको सार्वजनिक बाटो अविलम्ब खोल गर्न आग्रह गर्दै सेनाले खोले पछि तत्काल निर्माण कार्य अगाडि बढाउने जनाएको छ ।

नगरपालिकाले एक बिज्ञप्ति जारी गरी सेनाले कब्जा गरेको सार्वजनिक बाटो खोल्न डिटेल प्रोजेक्ट रिपोर्ट तयार गर्ने नाममा आफूखुसी रकम संकलन गरिरहेको सूचना प्राप्त भएको भन्दै त्यस्तो कार्यले त्यस क्षेत्रको स्थानीयवासीहरूलाई अन्याय भएको महसुस नगरपालिकाले गरेको उल्लेख गरेको द्ध ।

साथै उक्त यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाले बजेट व्यवस्थापन गरी स्थानीयवासीसँग समन्वय गर्दै योजना पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

“सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५ मा अवस्थित दुर्गबक्स गुल्मले अतिक्रमण गरेको सार्वजनिक बाटो अविलम्ब खोल्न र सडक निर्माण अघि बढाउन सोलुदुधकुण्ड नगरपालिका प्रतिबद्ध छ” बिज्ञप्तिमा भनिएको छ, “नगरपालिकाले दुर्गबक्स गुल्म सल्लेरीले कब्जा गरिएको सार्वजनिक जग्गा फिर्ता गर्न रक्षा मन्त्रालयसँग पटक-पटक अनुरोध गरिसकेको छ । रक्ष मन्त्रालयको सहमति प्राप्त भए लगत्तै सल्लेरी-माथिल्लो टोल, शेर्पा सेवा केन्द्र, जिम्मी राई उत्थान, क्याम्पस टोल लगायत क्षेत्रका सडक मार्गलाई छोटो र सहज बनाउन डीपीआर तयार गरी छिटोभन्दा छिटो निर्माण कार्य अघि बढाइनेछ ।”

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : ०५ बजे