एनआरएन अमेरिकाको निर्वाचनमा कोलोराडो च्याप्टरबाट निमा शेर्पा अध्यक्ष पदमा निर्वाचित भएका छन । शेर्पा यस अघि एनआरएन अमेरिका राष्ट्रिय समन्वय समितिको बोर्ड अफ डाइरेक्टरको रुपमा निर्वाचित भएका हुन । एनआरएनएमा लामो समयदेखिन सक्रियताका साथ लाग्दै आएका उनी शेर्पा एसोसियसन कोलोराडोको महासचिव हुन । शेर्पा कोलोराडोमा क्रियासिल समाजसेविको रुपमा चिनिदै आएका छन ।
” एनआरएनमा केही गरौ भन्ने लक्ष्यका साथ अघि बडने क्रममा मलाई सहयोग र साथ दिने शुभचिन्तकहरु, मतदाताहरु र एनआरएनकर्मि सबै साथीहरुलााई हार्दिक धन्यवाद दिन चााहन्छु” । निमाले एभरष्टटाइम्सलाई भने-” मैले एनआरएन अमेरिकाको बोर्डमा काम गरेको अनुभवले अब आफनै गृहराज्य कोलोराडोमा पनि केही गरौ भन्ने सोचले उम्मेद्धवरी दिएका हुन” । विदेसमा बसोबास गदै आइरहेका नेपालीहरुलाई केही सेवा गरौ भन्ने लक्ष्यका साथ केही कार्यहरु गर्ने सोच बनाएका छौ ‘।
३ भाद्र २०८२, मंगलबार
236
Shares








