३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

जेनजी आन्दोलनमा हालसम्म ३० जनाको मृत्यु, १ हजार ३३ घाइतेमध्ये ७१३ डिस्चार्ज



जेनजी आन्दोलनमा हालसम्म ३० जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २८ अस्पतालमा २५३ जना अझै उपचाररत छन्।

मन्त्रालयका अनुसार आन्दोलन सुरु भएदेखि अहिलेसम्म १ हजार ३३ जना घाइते भएका छन्। तीमध्ये ७१३ जना उपचारपछि घर फर्किएका छन् भने ५५ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ।

सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा पुगेका छन्। त्यहाँ उपचारका लागि आएका ४३६ मध्ये ३४४ जना डिस्चार्ज भएका छन्, ६ जनाको मृत्यु भएको छ।

नेसनल ट्रमा सेन्टरमा १६१ जना भर्ना भएका थिए। अहिले पनि ५८ जना उपचाररत छन् भने ८ जनाले ज्यान गुमाएका छन्।

यस्तै, बाँकेको भेरी अस्पतालमा उपचारका लागि आएका २८ मध्ये ५ जनाको मृत्यु भएको छ।
मृतक तथा घाइतेहरुको विवरण

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ९ : ३५ बजे