भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ। विभिन्न अस्पतालमा उपचाररत दुई जना घाइतेको बिहीबार मृत्यु भएपछि संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आन्दोलनका क्रममा १ हजार ७७० जना घाइते भएका छन्। तीमध्ये १ हजार ३३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। हाल ३२२ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ७२ जनालाई सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको छ।
अस्पतालवार घाइतेको विवरण










