काठमाडौँ । सरकारले देशका प्रमुख तीनवटै प्रज्ञा–प्रतिष्ठानहरूमा कुलपतिसहित नयाँ पदाधिकारीहरू नियुक्त गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा नयाँ नेतृत्वको चयन गर्नुभएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री शाहले उक्त नियुक्ति गर्नुभएको हो।
तीनवटा प्रतिष्ठानहरूमा नियुक्त कुलपति, उपकुलपति, सदस्य सचिव तथा परिषद् सदस्यहरूको विवरण यस प्रकार छ:
१. नेपाल प्रज्ञा–प्रतिष्ठान
कुलपति: कुमार नगरकोटी
उपकुलपति: अविनाश श्रेष्ठ
सदस्य सचिव: रोशन शेरचन
परिषद् सदस्यहरू: प्रतिसरा मानन्धर, कृष्णराज चौधरी, सीता सुब्बा, तीर्थबहादुर गुरुङ, रुपा कुमारी, नविन नेपाली, दिपक सापकोटा र दुर्गाबहादुर घर्ती
२. नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान
कुलपति: एरणा ताम्राकार
उपकुलपति: चन्द्रश्याम डंगोल
सदस्य सचिव: कैलाशकुमार श्रेष्ठ
परिषद् सदस्यहरू: जुपिटर प्रधान, कुबिर देवान, संगी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव र विणा पौड्याल
३. नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान
कुलपति: ब्रजेश खनाल
उपकुलपति: झुमा बनेम
सदस्य सचिव: भुपेन्द्रसिंह रायमाझी
परिषद् सदस्यहरू: छेन्दोक हाङ राई, जीतबहादुर देउजा, सुविमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ र रेखा शाह गुरुङ
नवनियुक्त टोलीले भाषा, साहित्य, कला, संगीत तथा संस्कृति क्षेत्रको विकास र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।









