१० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026

थप १४ राष्ट्रका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध



एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया सहितका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा प्रतिबन्ध गर्ने  घोषणा गरेका छन्।

ती मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताएका छन्।

जापानले यसअघि ७० मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध लगाएको थियो। प्रधानमन्त्री आबेले सरकारको पछिल्लो घोषणा यही बुधबारदेखि लागू हुने बताए।

जापानले यसअघि घोषणा गरिएका मुलुकमाथि लागेको प्रतिबन्ध यही अप्रिल ३० मा सकिँदै थियो तर उक्त मितिलाई पनि आगामी मे महिनाको अन्त्यसम्म बढाइने बताइएकाे छ।

मे ६ सम्मका लागि जापानमा आपतकालीन स्थितिको घोषणा गरिएको छ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : ५७ बजे