६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

अमेरिकामा कैदीको सङ्ख्यामा आठ प्रतिशत कमी



न्युयोर्क अमेरिकामा कारोनाभाइरसको महामारीका कारण कारागारमा राखिएकाहरुको सङ्ख्यामा आठ प्रतिशतले कमी आएको

कैद भुक्तान गर्न छोटो समय रहेकाहरुलाई त्यो समयको छुट दिएर रिहा गरिएको भने कतिपयलाई स्वास्थ्य अवस्था आचरणलाईहेरेर कैद अवधिमा छुट दिएर रिहा गरिएको अधिकारीहरुले जनाएका छन्

अमेरिकामा कैद सजाय भोगिरहेका धेरै मानिस बारका कारण कैदी जीवन विताउनु परेको तथ्याङ्कले देखाएको

गत मार्च जुन महिनाको बीचमा अमेरिकाको केन्द्रीय तथा प्रान्तीय कारागारबाट एक लाखभन्दा बढीले कैदी जीवनबाट छुटकारा भएकाछन् एक अध्ययनले यो सङ्ख्याबाट कुल कैदीको सङ्ख्यामा झण्डै आठ प्रतिशत कमी आएको देखाएको

एकातिर कारागारबाट फर्किनेको सङ्ख्या बढेको अर्कातिर कारागारमा आउनेको सङ्ख्या घटेकाले पनि कुल कैदीको सङ्ख्यामा कमीभएको अधिकारीहरुले जनाएका छन्

कोरोनाका कारण केही समय अदालत बन्द भएकाले सुनुवाई कमी भएकाले कतिपय मुद्दामा दोषी ठहरिएर कारागार चलान हुनेहरुकोसङ्ख्यामा पनि कमी आएको विश्लेषण गरिएको

त्यसैगरी कोरोनाभाइरसको त्रासले अन्य मुद्दामामिलातर्फ मानिसको ध्यान नगएको अदालत बन्द हुँदा दर्ता गर्न पनि गाह्रो भएकाले पनिअदालतमा मुद्दासमेत कम परेको अधिकारीहरुले बताएका छन् उनीहरुले अहिले रोकिएका मुद्दा सङ्ख्या कोरोनाको त्रास कम भएपछिभने फेरी बढ्न सक्ने अनुमान पनि गरेका छन्   एजेन्सी

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ११ : ३५ बजे