२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

सफाइ पाएकै भोलीपल्ट अलामलाई मस्तिष्कघात



रौतहटमा जीउदै मानिसलाई इट्टाभट्टामा जलाएर मारेको अभियोगमा सफाइ पाएकै भोलिपल्ट दिन कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ ।

उपचारमा संलग्न चिकित्सका अनुसार उनलाई बिहान सात बजे नै मस्तिष्कघात भएको थियो । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार आलमलाई आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको छ । परिवारले बिहान साढे १० बजे आलमलाई अस्पताल पुर्‍याएको थियो ।

अस्पतालले उनी बोली लरबरिए, दाहिने हर कमजोर अवस्थामा अस्पताल ल्याइ पुर्याएका थिए ।

उनलाई २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौटहटमा बम विस्फोट हुँदा घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको थियो । त्यही अभियोगमा जिल्लाबाट दोषी करार गरेपछि जेलमा थिए ।

तर बिहीबार बीरगञ्ज उच्च अदालतले उनलाई सफाइ दिएको थियो । सफाइ दिएर जेलबाट छुटेको भोलीपल्ट उनलाई मस्तिष्कघात भएको हो ।

उनले सफाइ पाएको विषयलाई लिएर सामाजिक सञ्जालमा अलोचना भएरहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  १० : ०१ बजे