१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

न्युयोर्कको कराते डोजोमा बेल टेस्ट सम्पन्न


१५ मंसिर २०७४, शुक्रबार  

0
Shares

न्युयोर्क । इन्टरनेसनल मार्सल आर्टस एसोसियसन डोजोमा यसै हप्ता बेलटेस्ट सम्पन्न भयो । डोजोमा कराते सिकिरहेका दुई दर्जन बढी खेलाडीले हालै विभिन्न तहको बेल्ट प्राप्त गरेका छन् ।

नियमित रुपमा सिकिरहेका उनीहरुले हासिल गरेको प्रगतिको आधारमा सितेरियो कराते पहिलाेपटक नेपाल भित्र्याएका थानेश्वर राईले विभिन्न तहको बेल्ट र प्रमाणपत्र प्रदान गरेका थिए । उक्त अवसरमा खेलाडीहरुले आफूले सिकेको काटा अनुभव र ज्ञानहरु प्रशिक्षकहरु सामु प्रस्तुत गरेका थिए । कार्यक्रममा युएस नेपाल स्पोटस एन्ड कल्चर इन्कका महासचिव छेम्माङ तामाङले प्रवासमा सञ्चालित कराते डोजोबाट खेलाडी उत्पादन भएकोमा खुसी व्यक्त गदै बाल खेलाडीहरुलाई शुभकामना दिएका थिए ।


डोजोको सञ्चालक तथा प्रमुख प्रशिक्षक पारखी राईले डोजोमा मेहेनतले सिकेका खेलाडीहरुले यही रुपमा गदै गरेको प्रगतिले नेपालको प्रतिष्ठालाई उच्च राख्नमा मद्दत पु¥याएको बताएका थिए । ज्याक्सनहाइटस्थित यही डोजोमा कराते सिकेर अन्तराष्ट्रिय स्तरको रेफ्री र प्रशिक्षक हुन सफल पारखीले डोजो सञ्चालन गर्दै आएका आएका छन् । ‘बालबालिकाको शारीरिक विकासको साथै कराते खेलमार्फत नेपालको प्रतिष्ठालाई उच्च बनाउनका लागी पनि यो डोजो उपयुक्त भएको छ,’ पारखीले भने ।

आफूले सिकाएका बाल खेलाडीहरुले अमेरिकाको विभिन्न राज्यमा भएको प्रतियोगितामा विभिन्न पदक हासिल गर्दा गौरन्वीत भएको उनको भनाई थियो । कार्यक्रममा प्रमुख अतिथि तथा सितेरियो कराते पहिलाेपटक नेपाल भित्र्याएका थानेश्वर राईले बेलटेस्टमा सफलता हासिल गरेका खेलाडीहरुलाई बधाई दिदै नेपालको नाम उच्च राख्नेहरुलाई बधाई दिदै आगामी दिनमा पनि सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७४, शुक्रबार  ६ : ४९ बजे