१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जलविद्युत आयोजनाः नेपालमा लगानीका लागि अवसर


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

नारायण सापकोटा

नेपालमा विजुलीको पर्याप्त उपयोग गर्न नपाएका नेपालीलाई कहिल्यै बत्ती नभिभ्दा अमेरिकामा बस्न सहज लाग्छ । नेपालमा विलासी जीवन विताएकाहरु पनि अमेरिका बस्न यस्तै न्युनतम आवश्यकताका पुर्वाधारले आकर्षित भएका हुन् । नत्र यहा“ आउने वित्तीकै जीविकोपार्जनका लागि गर्नुपर्ने रोजगारी सजिलो छैन ।

उच्च तहको विकासको उपयोगस“गै न्युनतम आवश्यकताका वस्तुले नै अमेरिकामा नेपाली बस्न इच्छुक देखिन्छन् । विजुली, पानी, ग्या“सको उपलव्धता, शिक्षा, स्वास्थ्य र रोजगारीको पहु“चले नै नेपाली अमेरिकामै बस्ने आधार बनेको हो ।
प्रजातान्त्रिक वातावरण र मानवअधिकारस“गै धेरै आधारभुत आवश्यकताको सहज पहु“च, सडकको सन्जाल र विद्युतको अथाह उपयोगले अमेरिकी जीवन यापन सहज बनाएको हो । तर राजनीतिस“गै खुला अर्थनीति अवलम्वन गरेको २५ वर्ष भैसक्दा पनि नेपालमा विद्युतको अभाव नै अर्थतन्त्र र सहज जीवन यापनका लागि वाधक बन्दै आएको छ ।
अहिले नेपालमा न्युनतम रुपमा बिजुली उपलव्ध हुने हो भने यसले अर्थतन्त्रलाई चलायमान बनाउने छ । एउटा विद्युत आयोजनाले नेपालको अध्या“रो मात्रै अन्त्य गर्दैन रोजगारीको अपार अवसरको ढोका खोल्नेछ । सानो वायरिङको काम गर्नेले यसको उद्योग खोल्नेछ । रेस्टुरेन्टमा काम गर्ने कुक र वेटर विदेश जान छोडेर काठमाडौं र अन्य सहरमा रेष्टुरेन्ट खोल्न थाल्ने छन् । रोजगारीका असंख्य ढोका खुल्ने छन् त्यसपछि विदेशमा रोजगारीका लागि जाने नेपालीको संख्या आफैं घट्ने छ ।
नेपालमा जुन ठाउ“मा विद्युत आयोजना बन्नेछ त्यहा“ विद्युतको उपयोग गर्न पाइनेछ । आयोजनाले कामदारका लागि स्वास्थ्य संस्था स्थापना गर्नेछ । यसबाट स्थानीयवासीलाई स्वास्थ्य संस्थामा पहु“च गराउनेछ । आयोजनाले सडक निर्माण पनि आफैं गर्नेछ । अनि विद्यालयका लागि पनि सहयोग गर्नेछ र शिक्षामा पनि सहयोग देखिनेछ । यसैले विद्युत आयोजना नेपालको चौतर्फी विकासका लागि न्युनतम आधार हो । यस्ता आयोजनाको विकासमा कुनै पनि नाममा गरिने राजनीतिक तथा सामाजिक अवरोध दण्डनीय भने हुन जरुरी छ । सीमित व्यत्तिगत स्वार्थ पुरा गर्न राजनीतिक एजेन्डा बनाएर आयोजना बन्न नदिने जुनसुकै समुहलाई अब छुट दिन हु“दैन । अहिले खासगरि विद्युत आयोजनाका विषयमा स्थानीय तहमा त्यति धेरै विवाद हुन पनि छोडेको छ । विद्युत उत्पादनका विरोधीहरु विस्तारै अराजक व्यक्ति र समुहमा ठहरिन थालिसकेका छन् ।
अहिले नेपालमा जलविद्युत कम्पनी स्थापना गर्ने र लगानी गर्ने क्रम बढ्दै गएको छ । सरकार र निजीक्षेत्रको सक्रियतामा जलविद्युत कम्पनीको सेयर स्थानीयलाई दिन थालिएपछि आयोजना स्थलमा देखिने समस्या पनि कम भएका छन् । तर अन्त्य भएको भने होइन । केही अवरोध बा“की छन् । यी अवरोधलाई पनि आगामी दिनमा हटाउन सम्वन्धित पक्ष वाध्य हुनेछन् । अहिले अधिकांश नेपाली विद्युत आयोजना निर्माणका पक्षमा देखिन्छन् । विद्युत आयोजना नबनी यसको उपयोग गर्न पाईंदैन भन्ने सोचको विकास भएको छ । यस्तो सोचलाई जीवनशैली बनाउन भने बा“की छ ।
नेपालको विद्युत अब त दुई छिमेकी मुलुक भारत र चीनलाई बिक्री गर्न सकिन्छ । भारतस“ग त विद्युतको लेनदेन सुरु भैसकेको छ । अब चीनस“ग पनि सुरु हुने वातावरण बनेको छ । विद्युत निर्यात गरेर भारतलाई नेपालले भनेको मनाउन सकिन्छ । जब दिल्लीलाई उज्यालो राख्ने की अध्या“रोमा भन्ने स्वीच काठमाण्डौंस“ग हुनेछ त्यसपछि भारत नेपालले भनेको मान्न वाध्य हुनेछ । यसका लागि नेपालको एकमात्र विकल्प भनेको विद्युत उत्पादन र भारत निर्यात हो । भारत र चीनको बजारलाई केन्द्रित गरेर ठुला उद्योग नेपालमा स्थापना गर्न विश्वभरिका लगानीकर्ता आकर्षित गर्ने भनेको पनि सस्तो र सहज विद्युत नै हो ।
चीनमा पनि अब प्रसारण लाइन निर्माण भएपछि नेपालको विद्युत निर्यात गर्न सकिनेछ । यो अवसरले नेपाली विदेशमा रोजगारीका लागि जानुपर्ने अवस्था अन्त्य गर्नेछ । एशियाका लागि नेपाल स्वर्णभुमी बन्ने भनेको विद्युतको उत्पादनबाट नै हो । विद्युतमा लगानीका लागि अहिले सम्म भारत र चीनका लगानीकर्ता आउ“दा राजनीतिक दलहरु विवाद गर्ने गर्दछन् । जहा“को लगानीकर्ता आएपनि आयोजना नेपालमा बन्ने हो नी किन गर्ने विवाद ? बुझ्न सकिंदैन । पुर्वाधारमा लगानी गरेपछि त्यसलाई उसले उठाएर लैजान सक्दैन । जसले लगानी गरेपनि यो नेपालीको हुनजान्छ किनभने यो त्यहींको भुभागमा रहनेछ । त्यसले लगानी जहा“ आएपनि विद्युतको क्षेत्रमा नेपालले स्वागत गर्नुपर्छ । यसो गर्न सकिएमा मात्रै राष्ट्रवादी हुने सोचको विकास जरुरी छ ।
अहिले नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता छ । अबको १० वर्ष भित्रै यो स्थान जलविद्युत कम्पनीले लिने छन् । यसका लागि जलविद्युतमा लगानीको ओइरो लाग्नुपर्नेछ । यसमा लगानी ओइरिनका लागि अथाह नाफा कमाउने अवसर लगानीकर्ताले देख्नुपर्नेछ ।
विगतमा बैंक तथा वित्तिय संस्था स्थापना गरि सेयर किनबेच हुन थालेपछि कम्तीमा पनि लगानीको पा“च गुणा हातमा पर्ने भएपछि पैसा हुनेहरु यता आकर्षित भएका थिए । अब यो अवस्था जलविद्युत कम्पनीमा आउने छ । अहिले नै सेयर बजारमा पुगेका जलविद्युत कम्पनीको मूल्य उच्च हुन थालेको छ । आगामी दिनमा यस्ता कम्पनीको सेयर भाउ अझ बढ्ने छ । यसले लगानीकर्तालाई जलविद्युत कम्पनीमा आकर्षित गर्नेछ ।
यस्तो जलविद्युत कम्पनीमा विदेशमा बस्ने नेपालीको पनि लगानी आवश्यक छ । थोरै भएपनि नाफा हुने क्षेत्रमा लगानी गर्दा नेपाललाई त फाइदा हुन्छ नै लगानीकर्तालाई पनि केही नाफा हात पर्छ । खासगरि जलविद्युत कम्पनीको संस्थापक सेयरमा लगानी गर्न सके केही वर्षमा नै राम्रो नाफा कमाउन सकिन्छ । होइन भने साधारण सेयरमा लगानी गर्दा पनि राम्रै मुनाफा हात लाग्नेछ । सुरुमा लगानी गर्न भ्याइएन र सकिएको छैन भने नेपाल गएको बेलामा अमेरिका वा अन्य मुलुकमा बस्ने नेपालीले जलविद्युत कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्जको स्वीकृती लिएका स्टक ब्रोकरबाट किन्न सकिन्छ । यसबाट लगानीगर्नेलाई त फाइदा हुन्छ नै नेपालको जलविद्युतमा आकर्षण बढ्नेछ । यस्ता कम्पनीले हरेक वर्ष कमाएको नाफा लगानीकर्तालाई दिनेछन् भने स्टक मार्केटमा पनि सेयरको भाउ बढ्नेछ । यसबाट लगानीकर्तालाई लगानीको दोहोरो फाइदा हात पर्नेछ ।
यसका लागि लगानी जुटाउन अमेरिकामा रहेका नेपालीमुलका नागरिकका संस्थालाई सक्रिय गराउन सकिन्छ । नेपालमा सहयोग गर्ने काम त यस्ता संस्था र अमेरिकामा रहेका नेपालीबाट हु“दै आएको छ । अब नेपालमा लगानी गर्ने, केही नाफा हातमा पनि लिने काम गर्न सके सुनमा सुगन्ध हुनेछ । यसका लागि अमेरिकन नेपालीहरुले विभिन्न नाममा गठन गरेका संस्थाको नेतृत्वलाई सक्रिय गराएर कोष खडा गर्न सकिन्छ । यो कोषले नाफा कमाउने गरि नेपालको जलविद्युत कम्पनीको सेयर किन्ने हो । फिर्ता नहुने गरि सहयोग गर्ने होइन । फिर्ता नआउने र नाफा नहुने प्रकृतिका सहयोग आफ्नै तरिकाबाट गरे हुन्छ ।
सबैलाई थाहा छ नेपालमा अपार जलसम्पदा छ । तर नेपाली सधैं अध्यारोमा बस्न वाध्य छन् । सानोभन्दा सानो व्यवसायका लागि पनि विद्युत अनिवार्य हुने भएपनि यसको अभावले संकट सृजना गरेको हो ।
नेपालमा विगतको तुलनामा अहिले विद्युत उत्पादनका लागि केही वातावरण वन्दै गएको भएपनि पुरै सकारात्मक भने छैन । विकास आयोजना बनाउन काम सरकारमा बस्ने केही सिमित व्यत्तिको होइन समग्र देशको हो भन्ने मान्यता विस्तारै विकसित हु“दैछ । हुन पनि यो सरकारको मात्र काम होइन यो । यो त प्रतिपक्षसहित आमदेशवासी र विदेशमा बस्ने नेपालीको हो । विश्वभरका लगानीकर्तालाई यसमा हुने नाफा देखाएर आकर्षित गर्न नसक्नु अहिले सम्मको समस्या हो । पानी ओरालो तिर बगेजस्तै नाफा हुन्छ भने पछि पैसा त्यतै लगानी हुन्छ ।
नेपालको नया“ संविधानले पनि गैर आवासिय नेपालीलाई राजनीतिक बाहेकको आर्थिक अधिकार सहित दोहोरो नागरिकता दिने व्यवस्था गरेको छ । अन्य जुनसुकै देशको नागरिक भएपनि नेपालको नागरिकता अब गैरआवासिय नेपालीले पाउने छन् । यसले पनि लगानी गर्ने गैर आवासीय नेपालीलाई आकर्षित गर्नेछ । यो संवैधानिक व्यवस्थाले विदेशमा हुनेलाई पनि नेपालमा लगानीको सुरक्षा हुन्छ भन्ने प्रत्याभूति दिएको छ । संविधान अनुरुप ऐन निर्माण भएपछि यो व्यवस्था कार्यान्वयनमा आउनेछ । यो आकर्षणलाई ध्यानमा राख्दै जलविद्युत कम्पनीको सेयर किन्ने काम विदेशमा बसेका नेपालीले अब अभियानका रुपमा थाल्नुपर्नेछ । यसका लागि संस्थागत सक्रियता नै प्रमुख विषय हो ।
अहिले ५० लाख भन्दा बढि नेपाली विदेशमा काम गर्न गएका छन् । यस्तो अवस्था अन्त्य गर्ने भनेको नेपालमा नै रोजगारी सृजना गरेर हो । यसका लागि नेपालको जुनसुकै क्षेत्रमा पनि लगानी हुनुपर्छ । तर विशेष क्षेत्र भनेको जलविद्युत आयोजना नै हो ।
विदेशमा बसेका नेपालीले जलविद्युतको सेयर किन्ने काम अभियानका रुपमा थाल्ने हो भने देशभित्र आयोजनामा अवरोध सृजना गर्नेलाई पनि यसले दवाब दिनेछ । विदेश काम गर्न गएका नेपालीको जिवन काठको बक्सामा फिर्ता आउने अवस्था अन्त्य गरि स्वदेशमा नै यसले अवसर सृजना गर्न सहयोग गर्नेछ । आयोजना बन्न नदिने पक्षलाई पनि यसले त्यस्ता गतिविधि रोक्न दवाब दिनेछ । समग्रमा नेपाल आर्थिक विकासको आधुनिक युगमा प्रवेश गर्नेछ । यसैले अमेरिकामा भएका नेपालीबाटै नेपालमा अब फिर्ता नहुने सहयोग मात्र होइन, नाफा हुने क्षेत्रमा लगानी सुरु गरौं ।

–सापकोटा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पुर्व अध्यक्ष हुन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  १ : ५१ बजे