४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

थाहा नगरपालिकामा माओवादी केन्द्र विजयी


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

हेटौँडा । मकवानपुरको थाहा नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का लवशेर विष्ट सात हजार ४४ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णु ढकालले पाँच हजार ३७८ मत प्राप्त गरे । उपप्रमुखमा काँग्रेसका खड्ग गोपालीले पाँच हजार ६५० मत ल्याई विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कल्पना गोपालीले पाँच हजार ६०० मत प्राप्त गरे ।

थाहा नगरपालिकाको अहिलेसम्म मतगणना सम्पन्न भएका १० वडामध्ये पाँचमा माओवादी केन्द्र र पाँच वटामा एमाले विजयी भएको छ । सो नगरपालिकाको वडा नं १ को वडाध्यक्षमा हेरमान गोपाली(माओवादी केन्द्र), ३ मा राजेश केसी(माओवादी केन्द्र), ४ मा दीपकसिंह लामा (माओवादी केन्द्र), ५ मा विष्णुबहादुर गुरूङ (एमाले), ६ मा शशिधर सुवेदी (एमाले), ८ मा टीकाराम रूम्बा (माओवादी केन्द्र), ९ मा पर्शुराम श्रेष्ठ (माओवादी केन्द्र), १० मा हिराबहादुर गमाल (एमाले), किरणमान बल (एमाले) र वडा नं १२ मा मानबहादुर स्याङ्तान (एमाले) विजयी भए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ९ : ०४ बजे