१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024

प्रधानमन्त्री दाहालद्वारा राजीनामा


१० जेष्ठ २०७४, बुधबार  

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राजीनामा पत्र प्रस्तुत गरेका छन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशवासीका नाममा सम्बोधन गर्दै प्रचण्डले पदबाट राजीनामा गरेको घोषणा गरेका थिए । घोषणा लगत्तै उनले बेलुका राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर राजीनामा पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले आजैका मितिदेखि लागू हुने गरी नेपालको संविधानको धारा २९८ को उपधारा (८) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा र्दिएका हुन् ।

‘आजैका मितिदेखि लागू हुने गरी नेपालको संविधानको धारा २९८ को उपधारा (८) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनुभएकाले सोही धाराको उपधारा (१०) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ’–राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७४, बुधबार  ११ : ५६ बजे