७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अफगानिस्तानमा अात्मघाती बम विस्फोट, ८० को मृत्यु, ३०० सय घाइते


१७ जेष्ठ २०७४, बुधबार  

0
Shares

घाइतेलाइ उद्धार गरिदैं । तस्विरः सिएनएन

काबुल(एजेन्सी) । बुधबार अगानिस्तानको राजधानी काबुलमा रहेको जर्मनी राजदुतावास नजिकै अात्मघाती बम बिस्फोट भएको छ ।

बिस्फोटमा परी ८० जनाको ज्यान गएको अफगानी अधिकारीलाइ उद्धृत गर्दै सिएनएनले जनाएको छ । उक्ता घटनामा परी ३०० भन्दा बढी मानिस घाइते भएको समाचारहरूमा जनाइएको छ ।

स्थानीय समयअनुसार बिहान ८ः२५ मा भएको अाक्रमणमा ५० बढी बसहरू ध्वस्त भएको अनुमान गरिएको छ ।

अाक्रमणमा को को परे ?

उक्त घातक अाक्रमणमा परी बिबिसिका पत्रकार मोहम्मद नजिरको मृत्यु भएको बिबिसिले जनाएको छ । नजिर ४ वर्षयता बिबिसिमा कार्यरत थिए ।

जर्मन एम्बेसीका कर्मचारी घाइते भएको र उक्त दुतावासमा सुरक्षार्थ खटिएका अफगानी सुरक्षा गार्डको ज्यान गएको जर्मन विदेश मन्त्रालयले जनाएको छ ।

अाक्रमणमा परी फ्रेन्च दुतावासमा क्षति पुगेको फ्रान्सका अधिकारीहरूले जनाएका छन् ।

दुइजना जापानी घाइते भएको जापानी दुतावासले जनाएको छ ।

टर्कीको दुतावासमा पनि क्षति पुगेको छ ।

अफगानी टोलो न्युज एजेन्जीका अजीज नभीनको पनि उक्त अाक्रमणमा मृत्यु भएको टोलो न्युजले जनाएको छ ।

विस्फोटमा पाँचजना नेपालीहरु सामान्य घाइते भएको प्रारम्भिक जानकारी आएको छ ।

उक्त घटनाबारे कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार  ४ : ४५ बजे