६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो हुन्छ-माधव नेपाल


२४ जेष्ठ २०७४, बुधबार  

0
Shares

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा तराई–मधेसमा पनि एमाले पहिलो शक्ति हुने दाबी गरेका छन् ।
समसामयिक राजनीतिक विषयमा प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको अन्तरसंवादमा उनले भनेफ, “कम्युनिष्ट पार्टी हुर्केकै तराईमा हो, हाम्रो पार्टीका अधिकांश महाधिवेशन पनि तराई– मधेसमा नै भएका छन, त्यसैले त्यहाँ हाम्रो प्रभाव राम्रो रहनेछ ।”

 

भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनःमतदान गराउने निर्णय उचित नभए पनि सर्वोच्च अदालतले यस सम्बन्धमा उपयुक्त निकास दिने बिश्वास उनले राखे । नेता नेपालले भने– “नयाँ सरकारले र्यताएमालेलाई पन्छ्याएर सर्वस्वीकाको नाममा संविधान संशोधनको प्रयास र स्थानीय तहको सङ्ख्या पुनरावलोन गरिए आफ्नो पार्टीलाई यो मान्य हुँदैन ।”

 

प्रकाशित मिति : २४ जेष्ठ २०७४, बुधबार  ४ : ५९ बजे