४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

दोस्रो चरणको निर्वाचनमा एमाले ५१ प्रतिशत ल्याएर पहिलो हुन्छ : पोखरेल


५ असार २०७४, सोमबार  

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता आनन्द पोखरेलले पनि आफ्नो पार्टीले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा ५१ प्रतिशत मत हाँसिल गर्ने दाबी गरेका छन् ।

 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘लेखेर राख्नुहोस्, हामी अब हुने निर्वाचनमा ५१ प्रतिशत स्थानमा विजयी हाँसिल गर्छौं।’

साक्षात्कारमा बोल्दै नेता पोखरेलले प्रदेश नम्बर २ मा निर्वाचन सारेर सरकारले गम्भिर गल्ती गरेको समेत टिप्पणी गरे । उनले भने,‘दुई नम्बर प्रदेशमा निर्वाचन सारेर सरकारले गम्भिर भुल गरेको छ, यो मधेशी जनतामाथिको अन्याय हो।’ उनले संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो निर्वाचन भएकोले मतदानबाट बञ्चित गराउने कार्य कसैबाटपनि हुन नहुने तर्क गरे ।

उनले भने,‘राजपालाई चुनावमा भाग लिन नदिन सरकारले नाटक गरेको हो, राजपालाई पालिरहने हो भने संविधान संशोधनपनि हुँदैन्।’ पोखरेलले संविधान संशोधनको पक्षमा एमालेले समर्थन नगर्ने समेत जिकिर गरे । उनले मधेशलाई विभाजित गर्न केहीले चाहिरहेको समेत आरोप लगाए ।

प्रकाशित मिति : ५ असार २०७४, सोमबार  ४ : १० बजे