१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

गणतन्त्रको बाली माअोवादीले लगाएको हो, कांग्रेस र एमाले जिते खतरामा पर्छ


८ असार २०७४, बिहिबार  

0
Shares

नेपालगञ्ज । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको बाली माओवादीले लगाएको भन्दै त्यसको फल माओवादी र जनताले पाउनुपर्ने बताएका छन् ।

उनले ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले विजयी भए गणतन्त्र खतरामा पर्ने बताए ।

बाँकेको खजुरामा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने,‘माओवादी बलियो हुँदा मात्र परिर्वतन संस्थागत हुन सम्भव छ, गणतन्त्र चाहियो भन्दा संकटकाल लगाएर टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुनेछ ।’

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले १० महिनामा लोडसेडिङ अन्त्य गर्नुका साथै आर्थिक वृद्धिदर हासिल गरेर देखाएको बताए ।

प्रकाशित मिति : ८ असार २०७४, बिहिबार  १२ : ०७ बजे