१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

झापा पुगेर कृष्ण सिटाैलाले भने-विपक्षी जिताउने खेलमा लाग्नु दूर्भाग्यपूर्ण


१० असार २०७४, शनिबार  

0
Shares

बनियानी (झापा) । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने विश्वास व्यक्त दाबी गरेका छन् ।

शनिबार झापाको भद्रपुरमा अगुवा कार्यकर्तासँगको भेटघाटमा उहाँले जनलहर काँग्रेसको पक्षमा देखिएकाले काँग्रेस पहिला शक्ति बन्ने दावी गरेका हुन् ।

नेता सिटौलाले भने, ‘मुलुकको आर्थिक समृद्धि काँग्रेसले मात्र गर्नसक्छ भन्ने जनताले बुझेका छन्, त्यसैले काँग्रेस पक्षमा जनलहर बढेको छ’ काँग्रेसका विरोधीले घातप्रतिघातको हल्ला मच्चाएका छन्, यसको पछाडि नदौडनुहोस्, पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै एक्तावद्ध भएर लाग्नुहोस् ।”

आफूलाई योद्धा बताउने तर हराउन पर्दा पछाडि भूमिका खेल्ने काँग्रेस नभएर अन्य दलका एजेन्ट भएको उल्लेख गर्दै उनले भने – ‘निर्वाचनमा पार्टी हराएर विपक्षी जिताउने खेलमा लाग्नु दूर्भाग्यपूण छ ।’ ।

सिटौलाले भन्नुभयो, “सबै कार्यकर्ता एक ढिक्का हुनुहोस्, जीत सुनिश्चित छ ।”

प्रकाशित मिति : १० असार २०७४, शनिबार  ४ : ०१ बजे