३० माघ २०८२, बिहिबार | Fri Feb 13 2026

माधव नेपालले भने,‘एमालेले ६० प्रतिशत स्थानमा जित्छ’


११ असार २०७४, आइतबार  

0
Shares

धनगढी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी एमाले कटिवद्ध भएर नउभिएको भए अहिलेसम्म सरकारमा रहेका पार्टीले संविधान संंसोधन गरी एक मधेश एक प्रदेश स्थापना गरी देशको राष्ट्रियता धरापमा पार्थे भन्दै आरोप लगाए ।

 

आईतबार विहान प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो दाबी गरेका हुन् । त्यस्तै उनले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक बहुमतले जित्ने दाबी गरे । उनले भने,‘नेकपा एमालेले ५६ प्रतिशत स्थानमा विजयी हाँसिल छ, ढुक्क हुनुहोस्, हामी जित्छौं ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले आम मतदाताहरुले आफ्नो पार्टीलाई अत्यधिक मत दिएर पहिलो पार्टी बनाउने विश्वास व्यक्त गरे ।

उनले भने,‘जनता प्रष्ट भइसकेका छन् देशभक्तिको भावना र राष्ट्रियताप्रति जवाफदेहिता नभएका पार्टीलाई अब जनता भोट दिदैनन्, उनीहरुले चुनावमा जित्छु भन्ने हेक्का नराख्दा हुन्छ ।’

प्रकाशित मिति : ११ असार २०७४, आइतबार  २ : ३२ बजे