५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

पत्रकारद्वय न्यौपाने र खड्का सम्मानित


२९ असार २०७४, बिहिबार  

2
Shares

काठमाडौं । भानुजयन्तीका दिन कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेलाई ‘तिरुपती साहित्य सम्मान’ र अन्नपूर्ण पोस्ट दैनिककी पत्रकार रामकला खड्कालाई ‘तिरुपति पत्रकारिता सम्मान’ प्रदान गरिएको छ । आदीकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती अवसर पारेर लेखक तथा पत्रकार न्यौपानेले नेपाली साहित्यमा ख्यातिप्राप्त पुस्तक ‘कर्मः सिकाइमा गहिरिएको खाडल’ पुस्तक लेखेर नेपाली साहित्यलाई योगदान पुर्‍याएको भन्दै काठमाडौं कपनको तिरुपति इङलिस स्कुलले स्थापना गरेको तिरुपति साहित्य सम्मान प्रदान गरेको हो ।

पत्रकारीता मार्फत सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै खड्कालाई सम्मान गरिएको हो । राष्ट्रिय गानका रचनाका कार व्याकुल माइलाले दोसल्ला, सम्मान पत्र र नगद हस्तान्तरण गरे । न्यौपाने १४ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनको पहिलो पुस्तक एम्बुसमा ६ वर्ष हो । शसस्त्र युद्धको बेला रिपोटिङ गर्दाको अनुभव र सूचना संकलन गर लेखिएको उक्त पुस्तक तीन वर्ष पहिला प्रकाशित भएको थियो । उनको पछिल्लो पुस्तक कर्मः सिकाइमा गहिरिएको खाडल ७ महिना अघि प्रकाशित भएको हो । उक्त पुस्तको दोस्रो संस्करण समेत प्रकाशित भइसकेको छ । तेस्रो संस्करण प्रकाशनको तयारीमा रहेको न्यौपाले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ असार २०७४, बिहिबार  ४ : १० बजे