न्युयोर्क— एनआरएन आइसिसिको आगामी निर्वाचनमा अमेरिकाबाट बरिष्ठ कानुन व्यवसायी खगेन्द्र जिशि क्षेत्रीले उपध्याक्ष पदमा उम्मेद्धवरी घोषणा गरेका छन । क्षेत्री एनआरएन आइसिसिको नागरिकता निरन्तरता सम्बन्धी समितिको संहसंयोजक तथा नेपाल सरकारको एनआरएन परराष्ट्र सल्लाहकार हुन । अमेरिकामा बरिष्ठ कानुन व्यवसायीको रुपमा कार्यरत उनी एनआरएन अमेरिकाका पुर्व अध्यक्ष तथा जन सम्पर्क समितिका पुर्व संयोजक हुन । उनले आफनो उम्मेद्धवरी एनआरएनकै हितमा दिएको भनी विभिन्न एजेन्डाहरु अघि सारेका छन । क्षेत्रीले एनआरएनको नागरिकता निरन्तरताको लागी नेपाली नागरिकता ऐनको कार्यन्वयनका लागी पहल गरि कहिल्यै पनि म्याद नसकिने किसिमको नागरिकता बनाउन तर्फ पहल गर्ने सोच लिएको बताएको छ । त्यस्तै नेपालको संविधान भित्र एनआरएनलाई सामाजिक आर्थिक र सस्कृति अधिकार सम्पन्न नागरिकता दिने भने अनुसार यसलाई व्यवहारिक रुपमा कार्यन्वयनका लागी पहल गर्नका लागी उम्मेद्धवरी दिएको उनले बताए । त्यस्तै नेपालमा एनआरएनहरुले आर्थिक क्षेत्रमा लगानी र विकास गर्न खोज्दा कुनै पनि कानुनी बाधा नभइकन सजिलो बनाउनमा सरकारसग सहमतिको पहल गर्ने सोच अनुसार अघि बडेको बताएको छ । नेपालमा दिनहु युवाहरु विसिएको यो अवस्थामा नेपालमै विभिन्न कामहरुको तालीमको व्यवस्था गरेर नेपालमा सरकारसग एनआरएनले पार्टनरको रुपमा मिलेर रोजगार सृजना गरि आर्थिक विकास गर्ने क्षेत्रीले लक्ष्य लिएको जनाएको छ । त्यस्तै नेपालमा पुगेका एनआरएनका परिवार जसलाई आर्थिक रुपमा समास्या छ उनीहरुलाई नेपालमा निशुल्क कानुनी सेवा उपलब्ध गराउने योजना अनुसार चाडै सेवा गर्न लागेको जनाएको छ । यसका साथै एनआरएनको लाप्राकको योजना र एनआरएनको राजधानीमा बन्न लागेको भवनलाई सहयोग गरि सन्सारभरिका एनआरएनलाई एकत्रित गरेर नेपालको आर्थिक विकासका लागी दक्ष जनशक्ति उपलब्ध गराउने योजना रहेको क्षेत्रीले जनाएको छ ।
१४ आश्विन २०७४, शनिबार
0
Shares