काठमाडाैं । कमल थापा नेतृत्वको राष्टिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको नेता दिलनाथ गिरीले जानकारी दिए । उनका अनुसार पार्टीले अबको प्रदेश र प्रतिनिधि सभाको चुनावमा कांग्रेससहितका दलसँग तालमेल गर्ने भएको छ ।
सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँग राप्रपा अध्यक्ष थापाले भेट गरिसकेका छन् । कति गते सरकारमा सहभागी हुने, कति मन्त्रालय पार्टीले लिनबारेमा भने कुनै जानकारी बाहिर अाएको छैन ।