२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

पहिलो विश्व शेर्पा सम्मेलन सम्पन्न, ११ बुँदे घोषणापत्र जारी


२५ आश्विन २०७४, बुधबार  

0
Shares

काठमाडाैं । असोज २२ बाट सुरू भएको पहिलो विश्व शेर्पा सम्मेलन विभिन्न विषयका ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । २१ देशका शेर्पाहरू संलग्न रहेको सम्मेलनले विश्वका शेर्पाहरुलाई गोलवन्द गर्दै हकहित, सामूहिक समस्या र मुद्दालाइ आ-आफ्नो मुलुकको मौजुदा कानुन अनुसार मौलिक हक अधिकारहरुलाई प्रत्याभुती दिलाउने प्रतिवद्वता गर्दै घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा राजनीित, संस्कृति तथा मितव्यायिता, लगानी, िशक्षाा, धर्म तथा सञ्चारजस्ता विषय समेटिएका छन् ।

सम्मेलन होटल रेडिसनमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा छ्युमी बालेर तथा बाैद्धधर्म गुरूहरूद्वारा धार्मिक मन्त्रोचरण गरी उद्घाटन गरिएको थियो ।

 

दोस्रो र तेस्रो दिन बाैद्धस्थित शेर्पा सेवा केन्द्रमा विभिन्न विषयका कार्यपत्रमाथि वृहत छलफल गरी निचोड स्वरूप घोषणापत्र जारी गरिएको हो ।

यस्तो छ घोषणापत्र

१. राजनीति : राज्य संचालनको मुल नीति राजनीति नै भएको हुदा राजनीतिमा चासो र सरोकार राख्नु शेर्पाहरुको मात्र हैन आम नागरिकको मानव अधिकार र नैशर्गिक अधिकार समेत भएको हुदा आआफ्नो मुलुकको राजनितिमा व्यापक सहभागीता जनाउन सबै सहभागीहरुले पहल गर्ने र यस्ता विषयबस्तु माथि एक देशका शेर्पाहरुले अर्को देशका शेर्पाहरुलाई नैतिक सर्मथक गर्न सक्ने तथापी मानवीय सेवामा सहयोग गर्न यो प्रवधानले वाधा पुर्‍याएकोे मानिने छैन ।

२. संस्कृति तथा मितव्यायिता : विश्वका सबै शेर्पाहरुले आफ्नो परम्परागत धर्म, संस्कृति सामाजिक प्रचलन र मुल्य मान्यताहरु अवलम्भन गर्दा कम खर्चमा हाम्रो परम्परागत संस्कृतिको संरक्षण हुने र आर्थिक बोझ पनि नपर्ने गरि गर्ने गराउने तर्फ संस्थागत रुपमा पहल गरि चेतना अभिबृद्धि गर्ने गराउने कार्यमा सक्रियताका साथ काम गर्नेछ ।

३. लगानी प्रवर्धन : विश्वमा छरिएर रहेको शेर्पाहरुको आर्थिक उन्नति र समृद्धिलाई थप टेवा पुर्‍याउन छरिएर रहेको पुजीँलाई एकक्रित गरि सामुहिक हितमा लगानी गराउने तर्फ अभिमुखीकरण गराउन पहल गर्ने ।

४. शिक्षा : चेतना र विकाशको मुख्य विषयबस्तु भएकोले यसमा शेर्पाहरुलाई उच्च शिक्षा हासिल गराउन प्रोत्साहन गर्दे आवश्यकता अनुसार छात्रबृद्धि कोषको समेत व्यावस्था गर्न पहल गर्ने र हाम्रो पहिचानको पहिलो आधार शिलाको रुपमा रहेको शेर्पा भाषा शिक्षालाई आआफ्नो मुलुकमा प्रथामिकताका साथ अध्ययन अध्ययापन गराउन पहल गर्ने ।

५. धर्म : मानवीय संवेदनासगँ जिवन्त रुपमा जोडिएको हाम्रो जिवन शैलीको मुख्य आधार बौद्ध धर्मको संरक्षण सर्वधन र विकाशमा व्यापक जोड दिदै दया, कल्याण र करुणाको पक्षमा आम शेर्पा समुदायलाई व्यापक रुपमा सहभागीता गराउन पहल गर्ने ।

६. महिला : एउटै सिक्काका दुइ पाटाका रुपमा परिचित विश्व धरातलको आधा हिस्सा ओगटेका संख्याका रुपमा रहेको शेर्पा महिलाहरुको हक अधिकारलाई स्थापित गर्दै उनीहरुको सर्वागिण विकाशमा जोड दिदैँ हरेक मुलुकमा पहिचान सहितको पहुच र प्रतिनिधित्व सुनिश्चित गराउन पहल गर्ने र शिक्षामा महिलाहरुको पहुँच सुनिश्चित गर्न छात्रबृत्ति कोषको स्थापना गर्न पहल गर्ने

७. भाषा : भाषामा एकरुपता ल्याउनका लागि शेर्पा भाषा अध्ययन अनुसन्धान केन्द्रको स्थापना गर्न पहल गर्ने ।

८. युवा तथा रोजगार : आआफ्नो मुलुकको शेर्पा युवाहरुलाई आफ्नै मुलुकमा रोजगार मुलक व्यावसायिक तालिम साथै अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्ने पहल गर्ने ।

९. संचार : राज्य संचालनको चौथौँ अंगको रुपमा परिचित पत्रकारीता व्यवसायमा शेर्पाहरुको भुमिका अत्यन्तै न्युन रहेकोले सहभागीता बढाउन अध्ययन अध्ययापनको अतिरिक्त संचार क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने ।

१०. वातावरण संरक्षण : जलवायु परिवर्तन र त्यसवाट शेर्पा समुदाय लगायत अन्य सबै समुदायलाई परेको असर सम्बन्धमा अध्ययन गरी आम शेर्पा समुदायलाई समयमै सचेत गराउँदै अनुकुलन (ब्मबउतबतष्यल) गर्न तथा विश्व वातावरण संरक्षणमा शेर्पाहरुलाई आ–आफ्नो क्षेत्रबाट लाग्न समेत प्रोत्साहन गर्ने ।

११. अन्तर विरोध निवारण : नागरिकता तथा परिचयव पत्रमा शेर्पा, लामा, तथा थरहरु (रु लेखिएपछि एउटै शेर्पाहरुबिच पनि विभेद भएको र सामाजिक समास्या आएको भन्ने गुनासोलाई सम्मान गर्दै शेर्पाहरुबीच सामाजिक न्यायको प्रत्याभुत हुनेगरि सबैको आत्म सम्मानप्रति सजग रही समान व्यवहार गर्न आह्रवान गर्दै समस्याको निदान गर्न आयोग गठन गर्ने ।

 

विश्व शेर्पा सम्मेलनको दोस्रो दिनः विभिन्न विषयका कार्यपत्रमाथि छलफल

विश्व शेर्पा सम्मेलन प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

शेर्पाले आफु मात्र हैन विश्वभर देशलाई चिनाएः प्रधानमन्त्री देउवा [भिडियो]

प्रकाशित मिति : २५ आश्विन २०७४, बुधबार  २ : ०५ बजे