-डा. तारा निरौला
गैरआवासीय नेपाली संघ(एनआरएनए)को आठौं अधिवेशन संघारमा छ । यतिबेला एनआरएनका प्रतिनिधिहरु मातृभुमि नेपालको राजधानी काठमाडौंमा भावी कार्यदिशा तय गर्न र भावी नेतृत्व तय गर्न जुटेका छन् । मेसोमा एनआरएन दिवसएन दिवस पारी एनआरएन अभियन्ता डा तारा निरौलाले एनआरएनले भावी दिनमा गर्नुपर्ने १३ सुझाव दिएका छन् ।
सुझाव यसप्रकार छन्ः
१. प्रवासमा बसोबास गर्ने नेपाली र नेपाली मुलका जनसमुदायबीच बलियो एकताको भावनामा विकास होस ।
२. प्रवासमा नेपाली र नेपाली मुलका समुदाय बलिया भए कर्म र जन्मभूमि दुबैलाई फाईदा हुन्छ भन्ने धारणाको विकास होस । यसको लागि प्रत्येक राष्ट्रिय समन्वय समितिहरुले स्थानीय स्तरमा (क) सामाजिक र सांस्कृतिक, (ख) आर्थिक र (ग) कर्मभूमिको सरकारी एवं गैरसरकारी क्षेत्रमा नेपाली र नेपाली मुलका समुदायको सकारात्मक समावेसिता, योगदान र प्रभाब बडाउने तर्फ ध्यानदिईनु पर्छ! स्थानीय समाज बलियो भए समग्र समुदाय बलियो हुन्छ ।
३. गैर आवासीय नेपाली संघ र यसका रास्ट्रिय शाखाहरु कुनै समूह उपसमुह, र दलगत गुठबन्धिको सिकार हुन बाट बचुन र स्वस्छ, उदेश्यपूर्ण र सबैको साझा सामाजिक संस्था बन्न सकोस ।
४. आजसम्म ५ देखि १०.५ प्रतिशतको घेरा र यसमा सहभागी हुन धनिनै हुनु पर्छ भन्ने धारणा हटेर वा यसमा मात्र सिमित नभएर यो संघ बाँकी ९०.५ प्रतिशतको पनि एक गौरवशाली संस्था बनोस ।
५. माथिदेखि तलैसम्म बिधि र बिधान (खास गरेर राष्ट्रिय समितिहरु सम्बन्धित रास्ट्रको कानुन) अनुसार र अन्तर्राष्ट्रिय समन्वय परिषद्संग बलियो कार्यगत सम्बन्ध राखी चल्नु पर्छ भन्ने सुजबुझ सबैमा आओस ।
६. राष्ट्रिय समन्वय समितिहरुले त्यो देशमा भएका बिबिध नेपाली संघ र संगठनहरुको छाता नभएर एक समन्वय कर्ता र सहकर्मीको रुपमालिएर एक आपसमा सहयोगको भावना लिई हातामाहात मिलाएर अघि बढ्ने संस्कारको बिकाश होस ।
७. चुनावमुखी सदस्यता अभियान चलाउने र चुनाबमा व्यक्तिगत स्वार्थ पुरागर्नका लागि लेनदेन सहितका लफडामुखी क्रियाकलाप गर्नेलाई तिरस्कार मात्र हैन दण्डित गर्ने संस्कार बसोस ।
८. सानो ठुलो जस्तो भए पनि मातृभूमिको विकासमा जुनसुकै रुपमा पनि सहयोगी बन्ने र योगदान गर्न चाहने सबैको लागि नेपाल सरकारको तर्फबाट सजिलो र सहयोगी तरिका अपनाइयोस ।
९. खास गरेर खाडी र दक्षिण पुर्वी एसिया क्षेत्रमा हरेक दिन पिल्सिएर मातृभूमिमा फर्किदा सुन्दर भविष्यको कल्पना गरि जटिल र कठिन कामगर्ने नेपालीहरुको लागि नेपालमा गैर आवासीय नेपाली संघ र नेपाल सरकार संगको सहकार्यमा उनिहरुको आर्थीक सुरक्षा निश्चित गरियोस ।
१०. विश्वका बिभिन्न देशमा अध्ययनको लागि गएका नेपाली र नेपाली मुलका बिद्यार्थीहरुको सहयोगार्थ राष्ट्रिय समन्वय परिषदहरुले ठोस नीति तथा कार्यक्राम बनाउन ।
११. प्रत्येक राष्ट्रिय समन्वय परिषदहरुले भैपरी आएको बेला उदार वा सहयोग गर्न आपतकालिन कोषको अनिबार्य ब्यबस्था गरुन ।
१२. नेपाल सरकारको सहकार्यमा विश्वमा छरिएर रहेका सबै नेपाली र नेपालीमुलका प्रवासीहरुको ठोस आंकडा राख्ने ब्यबस्था गरिरोस र कहाँ कहाँ कस्ता जनशक्ति -(Knowledge Bank) छन् त्यसको एकिन गरियोस ।
१३. नेपालको वर्तमान संबिधानमा गैरआवासीय नेपालीहरु सम्बन्धि भएका प्रावधान अनुसार उनीहरुका हक र हितहरुलाई सुरक्षित हुने गरी कानुन बनाइ कार्यान्यवन गरियोस ।
गैरआवासीय दिवसको अवसरमा यिनै कुरहरुबाट सुरुवात गर्ने प्रण गरौ । खास रगेर काठमाडौंमा हुन लागेको महाधिवेशनले यी कुरामा बिशेष ध्यान दिइयोस । यो सबैको संस्था जग (Grassroots level) बाट बलियो बनाउनु पर्छ, टुप्पीबाट होइन ।
प्रवासमा हुने सबै नेपाली र नेपालीमुलका समुदायहरु बलियो हुनु मातृभुमि र कर्म भूमि दुबैको कल्याणमा हुने छ ।
जय एनआरएन अभियान ।
(डा निरौला कोलम्बिया युनिभर्सिटीका शिक्षा संकाय अनुसन्धान परियोजानाका पूर्व निर्देशक तथा वरिष्ठ अनुसन्धानविद् हुन्। )