१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

समाजसेवी अनुराधा कोइराला कांग्रेस प्रवेश, देउवाले गरे स्वागत


२६ कार्तिक २०७४, आइतबार  

0
Shares

काठमाडौं । चेली बेचबिखनविरुद्धको अभियानमा सक्रिया समाजसेवी अनुराधा कोइराला कांग्रेस प्रवेश गरेकी छन्।
आईतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारमा कोइरालालाई स्वागत गरे।
चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको बताउदै पार्टी प्रवेश गरेकी हुन् । ‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ कोइरालाले पार्टी प्रवेश पछि भनिन्, ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’
कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्विकार नगर्ने बताउदै लोकतन्त्रलाई थप मजवुत गराउन सबैलाई कांग्रेसमा मतदान गर्न पनि आवहान गरिन् । ‘म सबैमा लोकतन्त्रलाई स्विकार गरि सबै अटाउन सक्ने नीति बोकेको कांग्रेसलाई मतदान गर्न अपिल गर्दछु’ कोइरालाले भनिन् ।
सामाजिक क्षेत्रमा लामो समय योगदान गर्नुभएको कोइराला अहिले कांग्रेसको पक्षमा मतदान गरेर महिला, दलित, जनजाति, मधेसी लगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताउँछिन् । ‘अव जनताले बुझ्नुपर्ने बेला आएको छ, सबैका अधिकार कांग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छ’ उनले भनिन्, ‘त्यसैले संविधान कार्यन्वयनको चुनौतीपूर्ण अहिलेको अवस्थामा कांग्रेसको पक्षमा मतदान गरेर ६ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ ।’

 

प्रकाशित मिति : २६ कार्तिक २०७४, आइतबार  ४ : ४८ बजे