३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सुरू भयो गोल्चेसञ्चार


२ मंसिर २०७४, शनिबार  

0
Shares

काठमाडाैं । ‘परिवर्तन, विकास र सञ्चारको संबाहक, तपाई हाम्रो आफ्नै गोल्चे सञ्चार’ भन्ने मुल नाराका साथ गोल्चे सञ्चार डट कम अनलाइन सुरू भएको छ।

शनिबार राजधानीको चाबाहिलमा अायोजित एक कार्यक्रममामा सेलो गायक एवं संगीतकार फुलकुमार बम्जनले दियो बालेर उक्त अनलाइनको अाैपचारिक सुरूवात गरेका हुन् ।

समाचारमुलक अनलाइन सुरू कार्यक्रममा गोल्चे सञ्चारको अध्यक्ष अनिल स्याङ्बो पृथक,गायक बम्जन,अतिथि नेपाल कला साहित्य प्रतिष्ठानका अध्यक्ष आस्मान लोप्चन, गायक राजकुमार तामाङ, नाम्सादिम डट कमका सम्पादक हिरामान बललगायतको उपस्तिथि रहेको थियो।

गोल्चे सञ्चारका प्रमुख प्रबन्धक पृतम तामाङको स्वागतबाट सुरू भएको कार्यक्रम गोल्चे सञ्चारको प्रमुख सम्पादक विवेक लोप्चन विदित र संवाददाता बिष्णुमाया स्याङबोले गरेका थिए । कार्यक्रम सञ्चारका अध्यक्ष अनिल स्याङबोको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७४, शनिबार  १० : ३३ बजे