१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

टेक्सासमा तामाङ सोसाईटी अफ डल्लास गठन


४ मंसिर २०७४, सोमबार  

0
Shares

एभरेष्ट टाईम्स्

टेक्सासमा तामाङ सोसाइटी अफ डल्लास गठन भएको छ । गत शुक्रवार टेक्सास राज्यको डल्लासमा सम्पन्न भेलाले नवगठित १५ सदस्यीय तदर्थ समितीको संयोजकमा छिरिङ लामालाई चयन गरेको छ । समितीको उपसंयोजकमा रत्नमान तामाङ, महासचिवमा शंकर घिसिङ, सचिवमा इन्दु लामा, कोषाध्यक्षमा माया योन्जन र सहकोषाध्यक्षमा जितबहादुर तामाङ चयन भएका छन् ।

समितीका सदस्यहरु जेनी लामा, अमरमाया लामा, संग्राम सिंह तामाङ, सुर्य मोक्तान, सुर्य बहादुर तामाङ, धनकुमारी लामा, सोनाम डोल्मा तामाङ. शंकर तामाङ र सुदिप लामा रहेका छन् ।

छिरिङ तामाङको सभापतित्वमा सम्पन्न भेलालाई न्युयोर्कबाट पुगेका नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)का अध्यक्ष लुईसाङ वाईबा,  तामाङ समाज अमेरिकाका अध्यक्ष शान्त बाबु थोकर र समाजका निवर्तमान महासचिव लक्यान लामाले बिशेष अतिथीका रुपमा सम्बोधन गरेका थिए । उक्त भेलाको सँचालन जिम्मेवारी समेत निभाएका लामा आसन्न उत्तर अमेरिकी तामाङ सम्मेलन आयोजक तदार्थ समितीका सदस्य सचिव हुन् भने थोकर संयोजक हुन् ।

न्युयोर्कमा आगामी जनवरी १३ र १४ मा आयोजना गरिएको उत्तर अमेरिकी तामाङ सम्मेलनमा तामाङ सोसाइटी अफ डल्लासको सक्रिय सहभागिता हुने विश्वास संयोजक शान्त बाबु थोकरले गरे । उत्तर अमेरिकी तामाङ सम्मेलन मार्फत उत्तर अमेरिकामा बसोबास गर्ने तामाङ बिच संगठित पार्दै तामाङ समुदायको सामाजिक, आर्थिक, राजनीतिक एवं शैक्षिक विकासको लागि विश्वव्यापी अभियान चलाउने उनले बताए ।

सम्वोधनका क्रममा फिप्नाका अध्यक्ष लुईसाङ वाईबा तामाङले टेक्सास राज्यमा बसोबास गर्ने तामाङहरु संस्थागत संगठीत भएकोमा खुशी ब्यक्त गर्दै अब आफ्नो पहिचान र अस्तित्वको लागि सक्रिय रहनुपर्ने बिचार व्यक्त गरे ।

उत्तर अमेरिकामा बसोवास गर्ने सम्पुर्ण तामाङहरुले उत्तर अमेरिकी सम्मेलनमा सक्रिय सहभागिता जनाएर तामाङहरुको एकता प्रदर्शन गर्नुपर्ने र तामाङहरुको बृहत्तर हितको लागि जागरुक हुनुपर्ने सदस्य सचिव लक्यान लामाले बताए ।

नवसंयोजक छिरिङ लामाले उपस्थित तामाङ लगायत सम्पूर्ण अन्य शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दै न्युयोर्कबाट कार्यक्रमलाई विशेष सम्बोधन गर्न पुगेका सबै अतिथिहरुलाई आभार प्रकट गरे । टेक्सास निवासी तामाङहरुलाई एकिकृत गर्न अब आफू लागि पर्ने उनले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७४, सोमबार  ६ : ४७ बजे