६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

म‌ंसिर २८ बाट किम्फ, पाँच दिनमा ६३ फिल्म


२५ मंसिर २०७४, सोमबार  

0
Shares

काठमाडौं: काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १५ ‍औं संस्करण मंसिर २८ गतेबाट सुरु हुँदैछ। पाँच दिन लामो किम्फमा योपटक ३७ देशका डकुमेन्ट्री, सोसियल ड्रामा, एनिमेटेड, सर्ट फिल्म लगायत अन्य फरक विधाका फिल्महरु देखाइने आयोजकले जनाएको छ।

किम्फ २०१७ मा अन्तराष्ट्रिय प्रतिस्पर्धातर्फ १५ फिल्म रहेको र प्रतिस्पर्धा बाहेक अन्य ४८ फिल्म प्रदर्शन हुनेछन्। नेपाल पानोरोमा अन्तर्गत यो वर्षका लागि १५ फिल्म रहनेछ। अन्तराष्ट्रिय प्रतियोगितातर्फत प्रथम हुनेले १५ हजार अमेरिकी डलर, दोस्रो हुनेलाई एक हजार डलर र तेस्रो हुनेलाई पाँच सय डलर दिने आयोजकले जनाएको छ। नेपाल पानोरोमामा भने आख्याेन र गैर आख्यान दुई विधाका विजेतालाई ७५ हजार र ५० हजार नगद पुरस्कार राखिएको छ।

 

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार  ६ : १९ बजे