६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

राजनीतिक गाँठो फुकाउन अध्यादेश प्रमाणीकरण-राष्ट्रपति भण्डारी


१४ पुस २०७४, शुक्रबार  

0
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताएकी छन् ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवासित शुक्रबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

‘राजनीतिक दलहरुबीच भएको विवाद सल्टाउन धेरै प्रयास गरेकी थिएँ, सहमतिमा नआएपछि संवैधानिक दायरामै रहेर अध्यादेश प्रमाणीकरण गरेकी हुँ’, राष्ट्रपतिलाई उद्धृत गर्दै  भण्डारीका स्वकीय सचिव अधिकारीले भने।

राष्ट्रपतिले अब संवैधानिक व्यवस्थाअनुसार नै मिलेर जान प्रधानमन्त्री देउवालाई आग्रह गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीलाई भेट गर्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेका थिए । भेटमा अध्यादेश र पछिल्लो राजनीतिक अवस्था विषयमा कुराकानी भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७४, शुक्रबार  २ : १६ बजे