१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024

प्रधानमन्त्री ओलीले माधव नेपाललाई दिए शुभकामना


२२ फाल्गुन २०७४, मंगलबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गरेका छन् ।

नेता नेपालको ६५ औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा फूलको बुके प्रदान गरेर दीघार्यूको कामना गरे । यसैगरी प्रधानमन्त्री ओलीले ‘वर्थ डे केक’खुवाएर नेता नेपाललाई शुभकामना व्यक्त गरे । नेता नेपालले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई धन्यवाद दिंदै आफ्नो जन्मोत्सवको केक खुवाएका थिए ।

बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा नेता नेपालको जन्मदिन मनाइएको हो । जन्मदिनको अवसरमा पार्टीका नेताहरुले नेता नेपाललाई शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलबार  ७ : ५४ बजे