६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

इन्द्रावती महोत्सव हुँदै: आकर्षण अध्यक्ष कप फुटबल, दोहोरी, झाँकी


१२ चैत्र २०७४, सोमबार  

0
Shares

फुलमान तामाङ/नवलपुर

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा गाउँपालिका अध्यक्ष फुटबल कप तथा महोत्सव हुने भएको छ। ‘नयाँ वर्ष मनाउन इन्द्रावती गाउँपालिका जाउँ, प्रथम इन्द्रावती गाउँपालिका महोत्सव सफल बनाऔँ’ भन्ने नाराकासाथ यही चैत २८ गतेदेखि वैशाख २ गतेसम्म इन्द्रावती गाउँपालिकाको वडा ५ स्थित ऐसेलुखर्क मैदानमा महोत्सव तथा अध्यक्ष कप हुने भएको हो।

गाउँपालिकाको आयोजनामा हुने कार्यक्रम उद्घाटन चैत २८ मा गाउँपालिका अध्यक्ष वंशलाल तामाङले गर्ने छन्। अध्यक्ष कप फाइनल भने वैशाख २ गते हुनेछ। महोत्सवमा झाँकी प्रदर्शन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथै मार्सल आर्ट प्रदर्शन पनि हुने भएको छ। साथमा लोक दोहोरी प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ।

फुटबलमा पहिलो हुनेलाई अध्यक्ष कपसहित ५० हजार ५०० नगद, दोस्रो हुने टिमले ३५ हजार ५०० नगदसहित कप, मेडल ,प्रमाणपत्र तेस्रो हुने टिमले २० हजार ५०० नगदसहित कप,मेडल प्रमाणपत्र र सान्त्वना हुने टिमलाई १० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्रले सम्मान गरिने छ।

सर्वाधिक गोलकर्ता लाई ५ हजार, बेस्ट प्लेयरलाई ५ हजार नगद, बेस्ट डिफेन्डरलाई ५ हजार वेस्ट स्ट्राइकारलाई ५ हजार र वेस्ट किपरलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

फुटबल प्रतियोगितामा इन्द्रावती १२ टिम सहभागी हुने भएको छ। टिम दर्ता चैत २५ गतेसम्म खुल्ला रहने र टिम दर्ताका लागि गाउँपालिकामा सम्पर्क राख्नुपर्नेछ।

साथै झाँकी तथा कला संस्कृति प्रदर्शन मा सहभागी भए बापत प्रति समूहलाई ५ हजार नगद प्रदान गरिने भएको छ।

लोकदोहोरी प्रतियोगितातर्फ लोकदोहोरी प्रतियोगिता इन्द्रावती गाउँपालिकालाई चिनाउने परिभाषित गर्ने विषयलाई लिएर प्रतियोगिता हुने छ। जसमा जोर सङ्ख्या को वडा केटा टिम र बिजोर सङ्ख्याको वडा केटी पक्षधर भई दोहोरी खेलाइने छ। लोकदोहोरी प्रतियोगितातर्फ पहिलो हुनेलाई नगद १५ हजार दोस्रोलाई १० हजार नगद तेस्रोलाई ५ हजार नगद र सान्त्वना लाई ३ हजार नगदद्वारा पुरस्कृत गरिने छ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार  ९ : २४ बजे