काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनबाट कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएका छन् ।
यसैगरी उपाध्यक्ष र ११ जना सदस्यमा शेर्पा प्यानलकै विजयी भएका छन् । अध्यक्षका लागि दुई प्यालनसहित चुनावी मैदानमा रहेकामा अध्यक्षका प्रत्यासी मणि कुँवरले एकदिन अघि मात्र मैदान छाडेपछि शेर्पा अध्यक्षका एक्ला दाबेदार बनेका थिए।