२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

इन्दिरा गोले साँझ अन्तिममा आएर स्थगित


२५ बैशाख २०७५, मंगलबार  

0
Shares

काठमाडौं: चर्चित सेलो गायिका इन्दिरा गोलेको एकल साँझ अन्तिम समयमा आएर स्थगित भएको छ । आयोजक हिमालयन इन्टरटेन्टमेन्टले एक विज्ञप्ति जारी गर्दै प्राविधिक कारण देखाउँदै एकल साँझ स्थगित भएको जानकारी दिएको छ ।

‘तीस वर्षे सांगितिक यात्राको सम्मानार्थ आयोजना गर्न लागिएको इन्दिरा गोले एकल सांगितिक साँझ यही बैशाख ३१ गते तय भएकोमा बिशेष प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको जानकारी गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

आयोजकले तीन महिना अघि नै पत्रकार सम्मेलन गरी एकल साँझ हुने जनाएको थियो ।

 

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलबार  ७ : ४४ बजे