१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023

बेल्जियमलाई हराउँदै फ्रान्स फाइनल प्रवेश


२७ असार २०७५, बुधबार  

0
Shares

बेल्जियमलाई १-० हराउँदै फ्रान्स फाइनल प्रवेश विश्वकपको फाइनलमा प्रवेश गरेको छ। फ्रान्सका ५ नम्बरका उम्टिटीले निर्णायक गोल गरे।

सेन्टपिटर्पर्ग स्टेडियममा मंगलवार भएको खेलमा फ्रान्सलाई जिताउन उम्मटीटीले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो।

पहिलो हाफमा दुवै टोलीले पाएका केही गोलका अवर खेल फालेका थिए ।

खेलको ५१औँ मिनेटमा एन्टोनी ग्रीजमनको करेनरमा उम्टीटीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर त्यपछि गोल नहुँदा फ्रान्सलाई १२ वर्षपछि विश्वकपको फाइनलमा पुर्‍याउन त्यही गोल निर्णायक बन्यो।

फ्रान्सले अब उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसियाबीचको विजेतासँग खेल्नेछ।

प्रकाशित मिति : २७ असार २०७५, बुधबार  १ : ३९ बजे