८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

घुम्नैपर्ने एसियाका १० स्थानको सूचीमा बुद्धभूमि लुम्बिनी सातौं नम्बरमा


२९ असार २०७५, शुक्रबार  

0
Shares

फोटो: Getty Images

घुमफिरसम्बन्धी वेबसाइट लोन्ली प्लानेटले हालै एसियामा घुम्नैपर्ने १० स्थानको सूची सार्वजनिक गरेको छ । यस सूचीमा बुद्ध जन्मभूमि लुम्बिनी सातौं स्थानमा रहेको छ ।

पहिलो नम्बरमा कोरियाको बुसान, दोस्रोमा उज्वेकिस्तान, तेस्रोमा भियातनामको हो चि मिन शहर, चौथोमा भारतको वेस्टर्न घाट, पाँचौमा जापानको नागासिकी, छैटौंमा थाइल्यान्डको चियाङमाई शहर रहेको छ ।

त्यसैगरी आठौंमा श्रीलंकको अरुगम बे, नवौंमा चीनको सिचुवान र दशौंमा इन्डोनेसियाको कोमोदो राष्ट्रिय निकुञ्ज रहेको छ ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार  ७ : ४१ बजे