१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

आफूले बेलायती प्रधानमन्त्रीको आलोचना नगरेको ट्रम्पको भनाई


२९ असार २०७५, शुक्रबार  

0
Shares

फोटो : PA/thesun.co.uk

एलिसबरी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको शुक्रबार बताएका हुन् ।

“मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन…यसलाई फेक न्युज भनिन्छ,” ट्रम्पले द सन पत्रिकाको शुक्रबारको अन्तवार्ता संस्करणका विषयमा भने ।

यसैबीच ट्रम्पले अन्तर्वार्तामा बे्रक्जिटका सम्बन्धमा बेलायती प्रधानमन्त्री टरिजा मेको आलोचना गरेका भन्दै राजधानी लण्डनमा अमेरिकी राष्ट्रपतिको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार  ९ : ०१ बजे