६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

एभरेस्ट टाइम्सका प्रधान सम्पादक शेर्पालाई ‘नेजा प्रेसिडेन्ट अवार्ड’


६ श्रावण २०७५, आइतबार  

0
Shares

सियाटल । एभरेस्ट टाइम्स पाक्षिक र एभरेस्ट टाईम्स अनलाईनका प्रधान सम्पादक आङछिरिङ शेर्पा नेजा प्रेसिडेन्ट अवार्डबाट सम्मानित भएका छन् ।

अमेरिकाको सियाटलमा आयोजित नेपाल अमेरिका पत्रकार संघ, नेजाको  छैटौं अधिवेशन तथा १२ औं साधारण सभा उद्घाटन कार्यक्रममा शेर्पा उक्त अवार्डबाट सम्मानित भएका हुन् ।

शेर्पालाई  नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले उक्त अवार्ड प्रदान गरे ।

अमेरिकामा रहेर निरन्तर पत्रकारितमा गरिएको र नेजालाई अहिलेको उचाईमा पुर्‍याउन गरेको योगदानको कदर स्वरुप शेर्पालाई प्रेसिडेन्ट अवार्ड प्रदान गरिएको नेजाले जनाएको छ ।

शेर्पा गत बिहिवार न्युयोर्क सिटी गभर्नरबाट एसियन कन्भेन्सनमा एसियन लिडर अवार्डबाट सम्मानित भएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७५, आइतबार  १२ : २५ बजे