एकिकृत बस्तीको सहयोगर्था न्युयोर्कमा कान्छी देखाउने ।

२०७५ श्रावण १५, मंगलवार २२:१७

सिन्धुपाल्चोक जिल्लामा निर्माणधीन एकीकृत बस्तीको सहयोगार्थ बसन्त डान्स सेन्टरले न्युयोर्कमा नेपाली चलचित्र कान्छी प्रर्दशन गर्न लागेका छन । उक्त चलचित्र आगामी अगष्ठको ५ तारिख आइतबार गुल्सन टेरेसमा दुई सो प्रर्दशन हुने भएको छ । बसन्त डान्स सेन्टर न्युयोर्कमा लामो समयदेखिन नेपाली समुदायलाई नृत्य सिकाउदै आएको प्रशिक्षण केन्द्र हो ।

नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि चलचित्रबाट टाढा रहेकी स्वेता नया चलचित्र कान्छीबाट फर्केकी हुन । उक्त चलचित्रकी नायिका एवं निर्मात्री स्वेता खड्का न्यूयोर्क शो मा आउन लागेको सेन्टरका सञ्चालक तथा कोरियोग्राफर विजय नकर्मिले जानकारी दिएको छ । आकाश अधिकारीको निर्देशनमा बनेको कान्छी’ चलचित्रमा नायक दयाहाङ राई र नायिका श्वेता खड्कासंगै अन्य कलाकारहरु अनु शाह, कामेश्वर चौरसिया, बिनोद न्यौपाने, अशान्त शर्मा, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेका छन । चलचित्रमा वरिष्ठ कोरियोग्राफर तथा नृत्य निर्देशक बसन्त श्रेष्ठको कोरियोग्राफी र अर्जुन पोखरेलको संगीत र एक्सन हिमाल केसीको रहेको छ ।

सम्बन्धित समाचार