१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

न्युयोर्कमा बेबी बसन्ती


Ang

१४ कार्तिक २०७९, सोमबार  

164
Shares

न्युयोर्क । विदेशी भूमिमा बसेर लामो समयदेखि नेपाली गीत संगीत र नृत्यद्वारा नेपाल र नेपालीको गीत, संगीत , संस्कृति र चाड पर्वको पहिचान गराउदै आएकी कलाकार बसन्ती राईको नयाा गीतको म्युजिक भिडियो बेबी बसन्तीको एक कार्यक्रमको वीच उद्घाटन गरिएको छ । बेबी बसन्ती एल्बमको उद्घाटन नेपाली चलचित्रका सुपरस्टार एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरेका थिए ।

कार्यक्रममा सुुपरस्टार केसीलाई न्युयोर्कस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले खादा लगाइदिएर स्वागत गरेका थिए । बेबी बसन्तीका गायक एवं नृत्यकार बसन्ती राईलाई पनि विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतका व्यक्तिहरुले खादा र फूलका गुच्छा दिई बधाई दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार केसीले आफूलाई न्युयोर्कमा यसरी स्वागत गरिएकोमा सबैलाई धन्यवाद दिादै आफूसित गीत गाएका र चलचित्रमा खेलेका साथीहरुसित भेट हुादा खुसी लागेको बताएका थिए । कार्यक्रमको अन्त्यमा बसन्ती राईले उपस्थित सबैप्रति आभार व्यक्त गर्दै हृदयदेखि धन्यवाद ज्ञापन गरेकी थिइन । न्युयोर्कको ज्याक्सन हाइटस्थित गोरखा रेस्टुरेन्टमा भएको उक्त कार्यक्रमको सञ्चालन विक्की पुलामीले गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ३९ बजे