नर्थक्यारोलिनाको राली आधार क्षेत्र बनाएका नेपाली सांगितिक समुह दाइभाई व्याण्डले हालै नया गीत ‘ सेल्फी हानौ न ‘ सार्वजनिक गरिएको छ । नेपाली मुलको कलाकारहरु अवद्ध यो समुहले प्रवासमा विभिन्न नेपाली गीतसंगीत प्रस्तुतीहरु दिदै आइरहेका छन । प्रकाश खत्रीको अगुवाइ रहेको यो समुहले हालै ‘सेल्फी हानौ न ‘ गीत लगायत अन्य विभिन्न गीतहरु गाइसकेका छन ।
गत सुक्रबार स्थानीय एपेक्समा आयोजित उक्त सार्वजनिक कार्यक्रममा स्थानीय काउन्सीलम्यान अर्नो जेगरम्यान लगायत नेपाली समुदायको उपस्थिति रहेका थिए । दाइभाइ ब्याण्डले यस अघि ‘ पिउन साथी पिउ’ र तिम्रो माया जस्ता लोकपि्रय गीत सार्वजनिक गरिसकेका छन । हालै विमोचित यो नया गीतको छायाङकन काठमाडौकेा चन्द्रगिरिमा गरिएको थियो ।