२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

वातावरणसम्बन्धी बालकथाका पाँच पुस्तक एकैसाथ सार्वजानिक


२५ श्रावण २०७५, शुक्रबार  

0
Shares

काठमाडौं। वातावरण सम्बन्धी बालकथाका पाँच वटा पुस्तक एकैसाथ सार्वजानिक भएको छ ।

शुक्रवार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठान भवनमा बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा अनन्त वाग्लेको ‘लिटिल डायनो’, मन्जु ज्ञवालीको ‘इम्जाको झस्को’, प्रमोद प्रधानको ‘खैरो बकुल्ला’, गङ्गादेवी कसजूको ‘नागदहका माछा’ र विजयराज आचार्यको ‘रङ्गीन विष’ बालकथा संयुक्त रुपमा बिमोचन भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराज मणी पोखरेलले वातावरण बालकथामा लेखिएको पाँचैवटा पुस्तकको बिमोचन गरे ।

शिक्षामन्त्री पोखरेलले साहित्यमार्फत जगैदेखि समाजलाई सचेत पार्नका लागि बाल कथाहरु आएकोमा खुसी लागेको बताए ।

कार्यक्रममा साहित्यकार डा. ऋषिराम शर्मा, समिक्षक डा.चुडामणी बन्धु, साहित्कार तुलसी भट्टाराई, बाल साहित्य संस्थाका अध्यक्ष डा शैलेन्द्र प्रकाश नेपाल, साहित्यकार लालकुमार पाण्डे, तेजप्रकाश वानियालगायत पुस्तकका लेखकहरु विजयराज आचार्य, मन्जु ज्ञवाली, गङ्गादेवी कसजु र प्रमोद प्रधानको उपस्थित थिए।

उक्त कार्यक्रममा समिक्षक डा.चुडामणी बन्धुले पाँचै पुस्तककको टिप्पणी गर्दै विधार्थीहरुलाई वातावरण सम्बन्धी महत्वपूर्ण विषयको जानकारी गराउन सक्ने प्रष्ट पार्दै उनले, यस किताबहरुले जलवायु परिवर्तनले ल्याउने खतरादेखि हिमपात, जीवजन्तुको वासस्थान, प्रदुषण र मानव स्वास्थ्य सम्बन्धी जनचेतना मुलक ज्ञान दिन सक्ने बताए।

कृषकले रासायनिक मल र विभिन्न प्रकारको औषधिको प्रयोग गर्दा खेरि हामि मानव जातीले दु:ख पाइरहेको कुराहरु र विज्ञानको महत्वपूर्ण कुराहरुलाई समेत सरल तरिका बद्ध रुपले कक्षा चार सम्मको विद्यार्थीहरुले बुझ्न सक्ने गरि किताबमा प्रश्तुत गरिएको डा.चुडामणी बन्दुले आलोचना गरे।

उक्त वातावरण बालकथा अनुरुप चित्र बनाउने भुमिका एकराम सिंह, युवक श्रेष्ठ, रवीन्द्र मानन्धर, पल्पसा मानन्धर र अर्पिता शाक्यले निभएका थिए । कार्यक्रममा पाँच स्कुल बाट विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

समूदायमा आधारित बाढी तथा हिमताल विष्फोटन जोखिम न्युनीकरणको सहयोगमा पुस्तक प्रकाशन भएको आयोजक संस्था बाल वाङमय तथा अनुसन्धान केन्द्रका अध्यक्ष विनय कसजुले जानकारी दिए। आयोजनामा जल तथा मौसम विज्ञान विभाग तथा युएनडिपी र विश्व वातावरण कोषकोसमेत संलग्नता रहेको थियो।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार  ७ : ४५ बजे